नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ असोज ।
बलिउड नायिका करिना कपुर आज आफ्नो ४० औं जन्मदिन मनाइरहेकी छिन् । करिनाले आफ्नो जन्मदिन परिवारका सदस्यसँग निकै धुमधामका साथ मनाइन् । नायिकाले इन्स्टामा सेलिब्रेशनको तस्बिर सेयर गरेकी छिन् । करिनाको ४० औं जन्मदिनमा उनको बर्थडे केक निकै विशेष रह्यो । केकमा ‘फ्याबुलस एट फोर्टी’ लेखिएको थियो ।
करिनाको जन्मदिनको पार्टीमा उनका आमा–बुवा, दिदी करिश्मा कपुर समावेश भए ।
अंकलसँग बिहे गरेकी थिइन्
अभिनेत्री करिना कपुरले अभिनेता सैफ अली खानसँग बिहे गरिन् । उनी सैफकी दोस्रो श्रीमती हुन् । सैफले यसअघि अभिनेत्री अमृता सिंहसँग बिहे गरेका थिए । अमृता र सैफको सन् १९९१ मा विवाह भएको थियो । त्यतिबेला करिना ११ वर्षकी थिइन् ।
बालिका करिना सैफ र अमृतालाई शुभकामना दिन बिहे भोजमा पुगेकी थिइन् । उनले सैफको वैवाहिक जीवनको शुभकामना दिँदै भनेकी थिइन्, ‘अंकल, बिहेको बधाई’ कालान्तरमा उनै ‘अंकल’ सँग करिनाले बिहे गरिन्, सन् २०१२ मा । उनीहरूको एक जना छोरा छन्, तैमूर । एक अन्तर्वार्तामा करिनाले एउटा शर्तमा सैफसँग बिहे गरेको बताएकी थिइन् । उनले सैफसँग बिहेपछि पनि आफूले काम गर्ने शर्त राखेकी थिइन् र सैफले स्वीकार गरे ।