फ्रान्समा कोरोना संक्रमण फेरि अनियन्त्रित, एक दिनमै १३ हजार केस

युरोपमा फेरि कोरोनाको संक्रमण बढ्न थालेको छ । बेलायतपछि अब फ्रान्समा कोरोना संक्रमणको दर ह्वात्तै बढेको छ । शनिबार फ्रान्समा कोरोनाका १३ हजार ५ सयभन्दा धेरै केस रेकर्ड गरिए । फ्रान्सकी अर्थमन्त्री ब्रुनो ली मेरीले ट्वीट गरेर आफू समेत कोरोना संक्रमित भएको जानकारी दिइन् ।

रिपोर्टका अनुसार फ्रान्समा लगातार २ दिनमा १३ हजारभन्दा धेरै नयाँ केस देखिएका छन् । फ्रान्स सरकारले अगष्ट महिनामा देशका अधिकांश क्षेत्रमा संक्रमणमाथि नियन्त्रण गरिएको भए पनि सेप्टेम्बरमा फेरि केस ह्वात्तै बढेको बताएको छ । दक्षिणी फ्रान्सको एसोन क्षेत्रमा रहेको एक अस्पतालमा ठूलो संख्यामा नयाँ केसहरु आएका छन् । फ्रान्समा ३१ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा २६ जनाको ज्यान गएको छ ।



सम्बन्धित समाचार