चीनले पनि नेपालको भूमि मिच्यो, नेपाली भूमिमा चीनका ९ वटा भवन

पृथ्वीनारायण शाहले नेपाललाई दुई ढुँगा बीचको तरुल भनेका थिए । दक्षिणतिरको भारतबाट नेपालको भूमि मिच्ने समस्या झेल्दै आएको नेपालले उत्तरको चीनबाट पनि भूमि मिच्ने कार्य भएको छ । नेपाली भूमिमा चीनले ९ वटा आफ्नो भवन बनाएकाे छ । उक्त भवन निर्माण गरेपछि हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीसहितको टोली सीमा क्षेत्रमा पुगेको छ । नाम्खा गाउँपालिका ६ को लाप्चामा चीनले नेपाली भूमिमा ९ वटा भवन बनाएको छ । सुरुमा एउटा मात्रै भवन बनाएको चीनले त्यो भवन छाड्ने बताएको थियो । तर पछि त्यही ठाउँमा थप भवन बनाएको पाइएको छ ।

भदौ १५ गते हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी लगायत गाउँपालिकाका कर्मचारी त्यसक्षेत्रमा पुग्दा भवन बनाएको पाइएको थियो । त्यसलगत्तै प्रमुख जिल्ला अधिकारी गिरीले चिनियाँ पक्षसँग कुरा गरेका थिए । उनको नेतृत्वमा गएको टोलीमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, अनुसन्धान विभाग र गाउँपालिकाका अध्यक्ष समेत सहभागी छन् ।



शनिबार नाम्खा गाउँपालिका ६ को लाप्चातर्फ प्रस्थान गरेको टोलीले चिनियाँ पक्षसँग वार्ता गर्ने बुझिएको छ । तर त्यसक्षेत्रमा टेलिफोन सम्पर्क नहुने भएकाले पछिल्लो जानकारी लिन नसकिएको हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालले बताए ।

 

सम्बन्धित समाचार