नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ असोज ।
विश्वभर टिकटक एपको लोकप्रियता बढ्दो छ । टिकटकमा मानिसहरु आफ्नो फलोअर्स बढाउन अनेकौं तिकडमहरु आपनाउने गरेका छन् । यसैबीच एक महिला टिकटकमा फलोअर्स बढाउन पतिको मृत्युबारे फेक भिडियो बनाएर पोष्ट गरेकी छिन् । पाकिस्तानकी एक महिलाले आफ्नो पतिको निधनबारे झुठो खबर फैलाइन् ।
उनको पति पनि एक टिकटक स्टार हुन् । खबर झुठो ठहरिएपछि मानिसहरूले उक्त महिलाविरुद्ध कारबाही गर्न माग गरेका छन् । उनको पतिको नाम आदिल राजपुत हो र उनको टिकटकमा २६ लाख फलोअर्सहरु रहेका छन् । आदिल श्रीमतीको सहि नाम रुजू गर्न अहिलेसम्म नसकिएको पाकिस्तानी संचार माध्यमहरुले जनाएका छन् ।
पाकिस्तानी मिडियाका अनुसार फराह राजपूत तथा हीना सलीमको रूपमा वर्णन गरिएको छ । आदिल राजपूत रहीम यार खान पाकिस्तानको रशिदाबाद शहरमा बसोवास गर्छन् । आदिल टिकटकमा आफ्ना भिडियोका कारण निकै प्रख्यात छन् । मंगलवार बिहान आदिलका फ्यानहरूका लागि एउटा दुःखद् खबर अगाडि आयो ।
उनकी श्रीमतीले रोइरहेको एउटा भिडिओ सार्वजनिक गरिन् । जहाँ उनले आदिल एक कार दुर्घटनामा परि निधन भएको जानकारी दिएकी थिइन् । उक्त भिडियो सोसल मिडियामा भाइरल भएपछि आदिलका प्रियजन र आफन्तहरु उनको घरमा समवेदना प्रकट गर्न जम्मासमेत भएका थिए ।
भिडिओ सोसल मिडियामा भाइरल भएको केही घण्टापछि सो घटना झुठो भएको पुष्टि भयो । आदिलकी श्रीमतीले आफ्नो पतिको फलोअर्स बढाउन नाटक रचना गरेको बताइन् ।