नवकान्तिपुर संवाददाता
काठमाडौं, ६ असोज ।
बलिउड अभिनेत्री कंगना रानावतले आफूलाई आफ्नो बलिउड यात्राको क्रममा कैयौं पटक यौन दुर्व्यव्हारको प्रयास गरिएको आरोप लगाएकी छन् । अभिनेत्री पायल घोषले निर्माता निर्देशक अनुराग कश्यपलाई यौन दुर्व्यवहारको आरोप लगाएपछि कंगनाले पायललाई समर्थन गर्दै आफूमाथि पनि यस्तो प्रयास भएको खुलासा गरेकी हुन् ।
सामाजिक संजालमा आफ्ना कुरा राख्दै कंगनाले फिल्म उद्योगमा कैयौं अभिनेताले आफूमाथि यौन शोषणको प्रयास गरेको बताएकी छन् । कसैको नाम नलिईकन कंगनाले अभिनेताहरु आफ्नो कोठामा, भ्यानमा र पार्टीमा यौन शोषणको प्रयास गरेको उल्लेख गरेकी छन् ।
उनले भनेकी छन् – ‘पायलले जे भनेकी छन् त्यो एकदम ठीक भनेकी छन् । कैयौं ठूला हिरोहरुले म सँग पनि यस्तो व्यवहार गरेका थिए । जस्तो कोठा या भेनिटी भ्यान बन्द हुनासाथ आफ्नो गुप्तांग देखाउने, पार्टीमा डान्स गर्दा दुर्व्यवहारको प्रयास गर्ने, कामको सिलसिलामा घरमा आउने र जबर्जस्ती गर्ने जस्ता छन् ।’
कंगनाले बलिवुडमा #Metoo अभियान असफल भएको बताएकी छन् । कंगनाले बलिउडलाई बलिउड अर्थात उत्पीडन गर्ने फिल्म उद्योगको संज्ञा दिएकी छन् । उनले यो अभियानलाई केही बलिउडका हस्तीहरुले पछाडि धकेलेको बताएकी छन् । साथै उनले पिडित पायललाई पनि अरुलाई जस्तै परेशान गरिने र चुप गराइने बताएकी छन् । उनले हामी राम्रो समाजको हकदार भएको बताएकी छन् ।