नवकान्तिपुर संवाददाता
काठमाडौं, ६ असाेज ।
अनशनकै क्रममा नेपालगञ्जबाट मंगलबार काठमाडौं आएका डा गोविन्द केसी राष्ट्रिय ट्रमा सेन्टरबाट बाहिरिएका छन् । विमानस्थलबाटै त्रिवि शिक्षण अस्पताल जान खोजेपनि प्रहरीले केसीलाई जबर्जस्ती ट्रमा सेन्टर पुर्याएको थियो ।
केसीले शिक्षण अस्पतलमा आफूलाई भर्ना नगर्दासम्म कुनै परीक्षण गर्न नदिने र उपचार पनि नलिने अडान लिएपछि शिक्षण अस्पताल सारिएको हो । उनी त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका उनका सहयोगी डा प्रविण गिरीले जानकारी दिए ।
चिकित्सा शिक्षा सुधारका विभिन्न माग राख्दै केसी भदौ २९ गते जुम्लामा अनशन बसेका थिए । सोमबार जुम्लाबाट नेपालगञ्ज आई बसेका उनी मंगलबार काठमाडौं आएका थिए ।
यता डा केसीको अनशनप्रति ऐक्यवद्धता जनाउँदै काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ । केसीको अनशनको नवौ दिनमा सोलिडारिटी फर डा केसी अभियानले ‘१०० डा केसी १०० मिनेट अनशन’ गरेको हो । प्रदर्शनमा सहभाी सबैले गोविन्द केसीको कागजको मुकुन्डो लगाई १०० मिनेटसम्म माइतीघरमा प्रदर्शन गरेका थिए ।