नवकान्तिपुर संवाददाता
काठमाडौं, ६ असाेज ।
नेपाल कम्युनिस्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिस्ट आन्दोलनका अघिल्ला पुस्ताका नेताहरुलाई चाहिनेभन्दा बढ्दा सरापेर केही नजन्मिने बताएका छन् । नेतृ साहना प्रधानको छैटौं स्मृतिको अवसरमा आयोजित भर्चुअल अन्तर्क्रिया कार्यक्रममा बोल्दै प्रचण्डले आलोचनात्मक दृष्टिकोण राखेर अघि बढ्न युवाहरुलाई आग्रह गरे।
कम्युनिस्ट आन्दोलनमा सहना प्रधानले सर्वोच्च स्थान हासिल गरेर सम्मानित जीवन बाँचेको प्रचण्डले स्मरण गरे। अबको कम्युनिस्ट आन्दोलन हाक्ने युवाहरु भएपनि चाहिने भन्दा धेरै आत्तिएर केही परिणम निकाल्न नसकिने प्रचण्डले जिकिर गरे।
आलोचनात्मक चेत बोकेर जीवनलाई तालमेल मिलाएर हिँड्ने व्यक्ति नै सफल हुने प्रचण्डले बताए। कम्युनिस्ट पार्टीमा विचारले नेतृत्व गर्ने प्रचण्डको भनाइ थियो। समाजवादी आन्दोलनको खाका कोरेर मात्रै अबको नेकपा गतिशील र जिवन्त हुन हुने प्रचण्डको भनाइ थियो ।