भारतीय अभिनेता आयुष्मान विश्वका १०० सबैभन्दा प्रभावशाली सूचीमा पर्न सफल

टाइम्स म्यागेजिनले सार्वजनिक गरेको वर्ष २०२० को १०० सबैभन्दा प्रभावशाली व्यक्तित्वको सूचीमा बलिउड अभिनेता आयुष्मान खुराना पर्न सफल भएका छन् । अभिनेता खुरानाले इन्स्टाग्राममार्फत यो खबर सार्वजनिक गरेका हुन् । उनले लेखेका छन्, ‘टाइम्सको विश्वका १०० सबैभन्दा प्रभावशाली व्यक्तिको सूची सार्वजनिक भैसकेको छ, यो सूचीमा म पर्न सफल भएकोमा गर्व महसुस गरिरहेको छु ।’

उनले अगाडि थपेका छन्, ‘टाइम्सले मलाई प्रदान गरेको यो सम्मानप्रति म साँच्चिकै कृतज्ञ छु । एक कलाकारको रुपमा मैले चलचित्र मार्फत समाजमा सधैं सकारात्मक परिवर्तन ल्याउन खोजेँ, र यो मेरो विश्वासलाई प्रमाणित गरिदिएको एक महत्वपूर्ण क्षण हो । चलचित्रमा समाज परिवर्नत गर्न सक्ने क्षमता छ भन्ने कुरामा म सधैं विश्वस्त थिएँ । चलचित्रमा मैले छानेको विषयमार्फत मैले मेरो देश र देशवासीका लागि केही योगदान दिन सफल भएँ ।’



टाइम्सको यो सूचीमा भारतबाट अन्य ४ चर्चित व्यक्तित्व पनि पर्न सफल भैसकेका छन् । यद्यपी आयुष्मान यो सूचीमा पर्न सफल एकमात्रै भारतीय कलाकार हुन् । चलचत्रिमा निभाएको अलग अलग भूमिका र अभिनेताहरुले निभाउँदै आइरहेको भूमिकाको परिभाषामा परिवर्नत ल्याउन सफल भएकोमा उनलाई यो सूचीमा राखिएको हो ।

यो सूची पर्न सफल अन्य अन्तराष्ट्रिय कलाकारमध्ये सेलेना गोमेज, पारासाईटका निर्देशक बोंग जुन हो, फोबे वालर र ब्रिटिस अभिनेत्री मिकेला कोएल हुन् । यो सूचीमा भारतबाट प्रधानमन्त्री नरेन्द्र मोदी, गुगलका सीईओ सुन्दर पिचाई, लण्डनमा बस्दै आएका भारतीय मुलका डाक्टर रविन्द्र गुप्ता (उनले एड्सको उपचार सम्भव गराए) र शहिन बाग पर्न सफल भैसकेका छन् ।

अभिनेत्री दिपिका पादुकोणले पनि टाइम्सको यो छनौटको सराहाना गर्दै आयुष्मानको अभिनय र सिनेमामा पुरुष पात्र भूमिकालाई अलग परिभाषा दिन सफल भएकोमा उनको सफलता र योगदानको तारिफ गरेकी छन् । आय्ष्मानले चलचित्र ‘विक्की डोनर’ बाट बलिउडमा डेब्यू गरेका थिए ।

सम्बन्धित समाचार