नेपालमै यस्तो अचम्मको परम्परा : जहाँ विवाहपछि श्रीमतीले दाजुभाइसँग पालैपालो सम्भोग गर्नुपर्छ

सुन्दा अचम्म लाग्न सक्छ तर यस्तो अचम्मको परम्परा हाम्रै नेपालमा छ । माथिल्लो डोल्पाका केही गाउँपालिका लगायत नेपालका विभिन्न क्षेत्रमा बहुपति र पाण्डु प्रथा अझै कायम छ  । तिब्बती संस्कार प्रचलनमा रहेका क्षेत्रमा त्यस्ता पुराना प्रथा हट्न सकेको छैन ।

घरमा जेठो दाजुले विवाह गरेपछी जतिसुकै दाजुभाइ भए पनि जेठो दाजुले विवाह गरेको श्रीमतीलाई नै सबै भाइहरुले श्रीमतीको रुपमा स्वीकार गर्नुपर्ने परम्परालाइ बहुपति प्रथा भनिन्छ । विवाहित श्रीमतीले दैनिक दाजुभाइसँग पालैपालो गरेर प्रत्येक रात छुट्टाछुट्टै उनीहरूसँग विताउनु पर्ने हुन्छ। अनौठोको कुरा त बच्चा कुन दाजु वा भाइको हो भन्ने कुरा बच्चाको आमाले पहिचान गरेर भन्नुपर्ने हुन्छ ।



डोल्पोबुद्ध, शे–फोक्सुण्डो र छार्काताङसोङ गाउँपालिकाका केही परिवारमा अझै बहुपति प्रथामा छन् । डोल्पोबुद्ध गाउँपालिका–१ का वडाध्यक्ष क्याल्पो थापा भोटेले चेतनाको कमीले यो प्रथा अझै चलिरहेको बताए ।

‘घरको धनसम्पतीमा अंशवण्डा लाग्छ र गरिब भइन्छ भन्ने मानसिकता अझै छ,’ उनले भने, ‘यसले गर्दा बहुपति प्रथा हटन नसकेको हो ।’ सिमेनकी ट्याङ्गा लामाले यो चलन हट्न अझै समय लाग्ने बताइन् ।

सम्बन्धित समाचार