नवकान्तिपुर संवाददाता
काठमाडौं, ८ असोज ।

पछिल्लो समय काठमाडैं उपत्यका कोरोनाको हटस्पट बनेको छ । त्यसमा पनि काठमाडौं महानगरमा कोरोना संक्रमण दिनप्रतिदिन बढिरहेको छ । काठमाडौं महानगरपालिकामा कोरोना भइरसबाट संक्रमित हुनेको संख्या ७ हजार ३ सय नाघेको छ । महानगरपालिकाले बुधबार उपलब्ध गराएको तथ्यांकअनुसार मंगलबारसम्म महानगरमा ७ हजार ३९३ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये ३ हजार ६१३ जना संक्रिय संक्रमित छन् भने ३ हजार ३५४ जना संक्रमण मुक्त भइसकेका छन् ।
सबैभन्दा बढी संक्रमित वडा नम्बर १५ मा ६८४ जना रहेका छन् भने सबैभन्दा कम २ नम्बर वडामा ५१ जना रहेका छन् । त्यस्तै ३६५ जना संक्रमितको वडा नखुलेको महानगरले जनाएको छ ।
महानगरले २ हजार ३१३ जना हाृम आइसोलेसनमा र ८१९ जना संस्थागत आइसोलेसनमा रहेको जनाएको छ । त्यस्तै ४८१ जना विभिन्न अस्पतालमा उपचाररत रहेका छन् ।
कोरोना संक्रमणबाट महानगरमा अहिलेसम्म ६१ जनाको मृत्यु भइसकेको छ ।
यस्तो छ वडागत तथ्यांक

