बलिवुड ड्रग्स कनेक्सन : अभिनेत्रीहरु दीपिका, सारा र श्रद्धालाई बयानका लागि बोलाइयो, के यिनीहरु पनि रिया जस्तै जेल जालान् ?

नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) को ड्रग्स कनेक्सनमा बलिवुडका ठुला तीन अभिनेत्रीहरुलाई बयानका लागि पत्र काटेको छ । एनसीबीले बलिवुड अभिनेत्री दीपिका पादुकोण, सारा अली खान, श्रद्धा कपुर र रकुल प्रित सिंहलाई बयानका लागि पत्र काटेको हो ।

भारतीय मिडियाका अनुसार एनसीबीले २५ सेप्टेम्बरका लागि बयानका लागि बोलाएको छ । त्यस्तै सारा अली खान र श्रद्धा कपुरलाई सेप्टेम्बर २६ का लागि बयानका लागि बोलाएको छ ।



हिरासतमा रहेकी बलिवुड अभिनेत्री रिया चक्रवर्तीले बलिवुडमा रहेको ड्रग्स नेक्ससको खुलासा गरेपछि हडकम्प मच्चिएको छ । एनसीबीसँगको बयानका क्रममा रियासहित अन्य ड्रग्स कारोबारीहरुले बलिवुड हस्तीको नाम लिएको विषय मिडियामा आएपछि अहिले बलिवुडको ड्रग्सको पाटोको हरेक दिन खुलासा भइरहेको छ ।

उनीहरुको नाम रिया या रियासँगै पक्राउ परेका ड्रग्स कारोबारी र सेलिब्रेटीहरुका म्यानेजरहरुले खुलासा गरिरहेको भारतीय मिडियामा चर्चा छ । पछिल्लो समय दीपिका र दीयाको नामसँगै फिल्म उड्ता पंजावका निर्माता मधु मंटेना बर्माको नाम समेत अगाडी आएको छ । अहिले एक पछि अर्को गर्दै सेलिब्रेटी र उनीहरुका म्यानेजरको च्याट बाहिरिने क्रम जारी रहेको छ ।

एक समय रियाकी मिल्ने साथि समेत रहेकी साराको नामको खुलासा अहिले हिरासतमा रहेका साम्युल हाकिपले खुलासा गरेका हुन् । फिल्म केदारनाथको शुटिंगको क्रममा सारा र सुशान्तले एक अर्कालाई डेट गरेको र पछि ब्रेकअप भएको बताइएको छ ।

बलिवुडमा ड्रग्स मामिलामा छानबिन गरिएको एनसीबीले रियाको माध्यमबाट बलिवुडमा ड्रग्स कनेक्सनको पर्दाफास गर्ने देखिएको छ । अहिलेसम्म एनसीबीले अभिनेत्री रिया चक्रवर्तीसहित २० जनालाई ड्रग्स कनेक्सन प्रकरणमा गिरफ्तार गरिसकेको छ । के रियलाई जसरी अभिनेत्री दीपिका पादुकोण, सारा, श्रद्धा र रकुल प्रित पनि ड्रग प्रयोग काण्डमा मुछिएर जेल जालन् यो हामीले हेर्न बाँकी छ । कानुनले सानो ठूलो भन्नुहुँदैन र यदि उनीहरुले गल्ती गरेका रहेछन् भने उनीहरुले पनि सजाय भोग्नुपर्दछ ।

सम्बन्धित समाचार