राष्ट्र बैंकमा जागिर खुल्यो, यसरी दिनुहोस् आवेदन (सूचनासहित)

नेपाल राष्ट्र बैंकले करारमा कर्मचारी माग गरेको छ । बैंकले करारमा ३ जना सिभिल इन्जिनियर र १० जना सवारी चालक माग गरेको हो । राष्ट्र बैंक केन्द्रीय कार्यालयमा दुई जना र सिद्धार्थनगर कार्यालयमा एक जना सिभिल इन्जिनियर माग गरिएको हो ।

स्नातक उत्तीर्ण गरि दुई वर्षको कार्य अनुभव भएकाले सिभिल इन्जिनियरिङ पदमा निवेदन दिन सक्ने बैंकले जनाएको छ । योग्यता पुगेका नेपाली नागरिकले असोज २२ गतेसम्ममा आवेदन दिन सक्ने छन् । सिभिल इन्जिनियरको मासिक तलब ५९ हजार ७ सय रुपैयाँसहित अन्य सुविधा तोकिएको छ । करार अवधि ६ महिनाको हुनेछ ।



यता सवारी चालक पदमा कम्तिमा १० वर्ष सवारी चालक अनुभव भएको र ४५ वर्ष ननाघेकाले असोज २५ गतेसम्म आवेदन दिन सक्नेछन् । चालकको तलब २८ हजार र खाजा खर्च २ हजार तोकिएको छ । करार अवधि ६ महिनाको हुनेछ ।

यसरी दिनुहोस् आवेदन :

बैंकको केन्द्रिय कार्यालय, जनशक्ति व्यवस्थापन विभाग तथा प्रदेशस्थित कार्यालयबाट दरखास्त फाराम प्राप्त गर्न सकिने छ । साथै बैंकको आधिकारिक वेबसाइट www.nrb.gov.np Procurement & career मा Career notice मा प्राप्त गर्न सकिने छ ।

दरखास्त दस्तुर ३०० तोकिएको छ । जसका लागि दस्तुर पेश गरेको भौचर अनिवार्य गरिएको छ ।

हेर्नुहोस् सूचना: 

सम्बन्धित समाचार