नवकान्तिपुर संवाददाता
काठमाडौं, ९ असोज ।
बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेको नभइ उनको घाँटी थिचेर हत्या गरिएको सुशान्तको परिवारका वकिल विकास सिंहले दावी गरेका छन् । उनले अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स) अस्पतालका एक डाक्टरको हवाला दिँदै सुशान्तको हत्या घाँटी थिचेरै भएको दावी गरेका हुन् । उनका अनुसार उनलाई जानकारी दिने डाक्टर एम्समा सुशान्तको मृत्युबारे जाँच गर्ने मेडिकल टिमका सदस्य हुन् ।
विकास सिंहले ट्वीट गरेका छन् ‘सीबीआइद्वारा सुशान्त केसलाई आत्महत्याको लागि उक्साएकोबाट परिवर्तन गरेर हत्याको केसमा बदल्न भयरहेको ढिलाइले अब फ्रस्टेसन हुन लागेको छ । एम्सको टिमका सदस्य रहेका ती डाक्टरले मलाई धेरै पहिले भनेमका थिए कि मैले पठाएका फोटोहरुले बताउँछन् कि यो २०० प्रतिशत घाँटी थिचेर मारेको घटना हो, आत्महत्या होइन ।’
उता एम्सका फरेन्सिक प्रमुख सुधीर गुप्ताले भने जाँच पूरा नभएको टिप्पणी गरेका छन् । उनले विकास सिंहको बयानलाई पूरै खण्डन भने गरेनन् । एक भारतीय मिडियासँग कुरा गर्दै गुप्ताले भने ‘जाँच अझै चलिरहेको छ । उहाँले जे भनिरहनुभएको छ त्यो ठिक होइन । हामी केवल घाँटीको चिन्ह र क्राइम सिन देखेर यो नतिजामा पुग्न सक्दैनौं कि यो हत्या हो वा आत्महत्या । यसमा अझै जाँच गर्नु आवश्यक छ जो चलिरहेको छ । अहिलेसम्म कुनै नतिजा निकालिएको छैन ।
सुशान्तको केशको समाधान अझै हुन सकेको छैन । उनले आत्महत्या गरेका थिए कि उनको हत्या गरिएको थियो भन्ने कुरामा अनुसन्धान भैरहेको छ । उनको मृत्यु प्रकरणमा संदिग्ध मानिएकी र उनको प्रेमिका भनिएकी रिया अहिले जेलमा छन् । उनी ड्रग केशमा मुछिएकी छन् । उनीसँगै अहिले बलिउडका भेटेरन नायिकाहरु जस्तो दिपिका, सारा अलि खान, श्रद्धा कपुर जस्ता अभिनेत्री पनि ड्रग केशमा तानिएका छन् ।
Getting frustrated by the delay in CBI taking a decision to convert abetment to suicide to Murder of SSR. The Doctor who is part of AIIMS team had told me long back that the photos sent by me indicated 200% that it’s death by strangulation and not suicide.
— Vikas Singh (@vikassinghSrAdv) September 25, 2020