श्रीमती साटफेर गरेको अचम्मको घटना

विश्वमा अनौठा अनौठा घटना सुन्न पाइन्छ । अहिलेको युगलाई त कलियुग नै भन्ने गरिन्छ । हाम्रो समाजले सोच्नै नसक्नेगरी यहाँका दम्पत्तिले श्रीमती साटफेर गरेर चलाउने गरेको रहस्य खुलेको छ । आफ्नी श्रीमतीलाई अर्को परिचत पुरुषसँग पठाउने र परिचित पुरुषकी श्रीमती वा गर्लफेण्डलाई आफुले भोगचलन गर्ने गरेको घटना समाचारमार्फत बाहिर आएको हो ।

घटना छिमेकी देश भारतको राजधानी नयाँ दिल्लीमा भएको हो । उत्तर प्रदेशबाट श्रीमती सीता (नाम परिवर्तन) लाई दिल्ली लगेर श्रीमान हरि (नाम परिवर्तन) ले आफ्ना साथी अमर (नाम परिवर्तन) लाई चलाउन सुम्पिए भने साथीकी गर्लफ्रेण्ड निशा (नाम परिवर्तन) सँग आफू रमाए ।



यो खबर भारतीय पत्रिका दैनिक जागरणको अनलाईनले प्रकाशित गरेको छ । समाचार अनुसार विवाहित महिला सीताको उजुरीपछि यो घटनाको पर्दाफास भएको हो । सीतालाई छाडिदिने भन्दै उनका श्रीमान हरिले यस्तो कार्य गरेको प्रहरी चौकीमा दर्ता गरिएको उजुरीमा उल्लेख छ ।

पीडित सीताको आरोप छ कि श्रीमानले दिल्ली लगेर मलाई आफ्ना फूपूका छोरा अमर (भाई) की गर्लफ्रेण्ड निशासँग साटे । पीडित महिला सीताले हरि आफ्ना पति (हरि) र उनका फूपूका छोरा अमरविरुद्ध मुद्दा दर्ता गराएकी छिन् ।

सुरुमा सीतालाई हरिले फूपाजूको घर लगेका थिए । त्यहाँ रातको समयमा लगातार हरिले सीतालाई फूपाजूका छोरा अमरसँग विस्तरामा एक साथ राखे । हरि पनि अमरकै गर्लफ्रेण्ड निशासँग त्यही कोठामा सुत्थे । दुवै जोडी सँगै यो कार्य गर्थे । जब सीता यो कार्यको विरोध गर्थिन् तब उनलाई छाडिदिने हरिको कुरा आउँथ्यो ।

साथै श्रीमान र फूपाजूका छोरा मिलेर दुवैले एकसाथ दुवै जना सँग पनि साथ जमाए । दिल्लीमा यो क्रम धेरै दिन चल्यो । त्यसको केही दिनपछि सीता श्रीमान हरिसँगै कानपुर आइन् । महिना दिनपछि अमर र निशा पनि त्यहाँ आईपुगे । त्यहाँ पनि दिल्ली जस्तै श्रीमती, गर्लफ्रेण्ड साट्न थाले ।

सीता भन्छिन्– मलाई फूपूका छोरा अमरसँग कोठामा पठाउथे । मलाई रातभरी सुत्न नदिइ अमरले ज्यादै चलाउन खोज्थे । मेरा श्रीमान निशासँग रातभरी अर्को कोठामा बिताउथे । यो सम्बन्धमा निशा राजी थिइन् तर मेरो बाध्यता थियो ।

यो क्रम एक हप्ताभरी चल्यो त्यसपछि सीताको धैर्यताको बाँध टुट्यो । यो घटनाबारे उनले पुलिसलाई जानकारी गराइन् । हरि र अमरविरुद्ध गम्भीर आरोपमा मुद्दा दर्ता गराइन् । पीडित सीतालाई प्रहरीले मेडिकल परीक्षणका लागि जिल्ला अस्पताल पठाएको छ ।

प्रहरी अनुसन्धान अनुसार आरोपी सीताका कथित श्रीमान हरि जाजमउका ठूला व्यापारी हुन् । उनले सीतासँग विदेशमा पढ्ने र ठूलो व्यापारी भनेर प्रेम विवाह गरेका थिए । सीताले १० वर्ष पहिला धर्म परिवर्नत गरेर हरिसँग विवाह गरेकी थिईन् ।

सम्बन्धित समाचार