ड्रग्सबारे छलफल गरिने ह्वाट्सएप ग्रुपकी एडमिन थिइन् दीपिका, दीपिकालाई अब धेरै मुश्किल

ड्रग्स विवादमा फसेकी बलिउड अभिनेत्री दीपिका पादुकोणको बारेमा अर्को सनसनीपूर्ण खुलासा भएको छ । जानकारी अनुसार दीपिका त्यो ह्वाट्सएप ग्रुपकी एडमिन थिइन् जुन ग्रुपमा ड्रग्सबारे कुरा हुन्थ्यो र चाहिनेले आफूलाई चाहिएको जति माग गर्थे । स्वयं दीपिकाले २०१७ मा त्यो ग्रुपमै ड्रग्सको माग गरेकी थिइन् । बताइए अनुसार त्यो ग्रुपमा जया शाह र करिश्मा प्रकाश पनि थिए । यस्तोमा अब दीपिका झनै कठिनाइमा फस्न सक्छिन् ।

एनसीबीले शनिबार दीपिकालाई सोधपुछको लागि बोलाएको छ । क्वान कम्पनीकी म्यानेजर करिश्मा प्रकाशसँग भने शुक्रबार नै सोधपुछ गरिएको छ । यही बीचमा ड्रग्सबारे चर्चा हुने ग्रुपकी एडमिन नै दीपिका भएको खुलासा हुनुने कैयौं प्रश्न उठाएको छ । ग्रुपमा अरु को-को थिए भन्ने अहिले खुलासा गरिएको छैन । यसले बलिउडका चर्चित अभिनेत्रीहरु यो केसमा फसेको मात्र नभइ उनीहरुको सक्रिय भूमिका भएको देखाएको छ । यो खुलासासँगै एनसीबीले दीपिकामाथि झनै कडाइका साथ अनुसन्धान गर्न सक्छ ।



यसअघि दीपिकालाई शुक्रबार नै सोधपुछ गर्ने तय थियो तर पछि उनलाई शनिबारको समय दिइयो । शुक्रबार रकुल प्रित सिंह र करिश्मा प्रकाशसँग सोधपुछको समय तय गरियो । रकुल प्रितसँग सोधपुछ भइरहेको छ र करिश्मा प्रकाशसँग पनि सोधपुछको सिलसिला सुरु हुन्दैछ । दीपिकासँगै सारा अली खान र श्रद्धा कपूरसँग पनि एनसीबीले सोधपुछ गर्नेछ । सारा र श्रद्धाको लागि पनि शनिबारकै समय तय गरिएको छ ।

सम्बन्धित समाचार