नवकान्तिपुर संवाददाता
काठमाडौं, १० असोज ।

बझाङ घर भई हाल काठमाडौँमा कार्यरत नेपाली नेपाली सेनाको कोरोना सङ्क्रमणको कारण मृत्यु भएको छ । मृतक सैनिकको शुक्रवार वीरेन्द्र अस्पताल छाउनीमा उपचारको क्रममा मृत्यु भएको हो ।
सूचना निर्देशनालयले सूचना जारी गर्दै मृतकलाई असोज ६ गते छारे रोगको लक्षण देखिएपछि आकस्मिक रूपमा आइसियुमा भर्ना गरिएको जानकारी दिएको छ ।
उक्त सैनिकमा असोज ८ गते स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । साथै नेपाली सेनामा कोभिड १९ का कारणबाट मृत्यु हुनेको सङ्ख्या २ पुगेको छ ।हालसम्म नेपाली सेनामा कुल सङ्क्रमितको सङ्ख्या २,१९७ पुगेको छ । तीमध्ये ५३९ जनालाई निको भइसकेको भने एक हजार ६५६ सक्रिय सङ्क्रमित रहेका छन् ।

