के निर्णय गर्यो मन्त्रिपरिषद्को आकस्मिक बैठकले ?

मन्त्रिपरिषद्को आकस्मिक बैठकले कृषि अनुसन्धान परिषद् (नार्क) को कार्यकारी निर्देशकमा डा. दीपक भण्डारीलाई नियुक्त गरेको छ । केही महिनादेखि निमित्त कार्यकारी निर्देशकको रुपमा कार्यरत् रहेका भण्डारीलाई नै सो पदमा नियुक्त गरिएको एक मन्त्रीले बताए ।

यसैगरी, नेपाल र इजरायलबीच कृषि प्रविधि हस्तान्तरणसम्बन्धी सम्झौता हुने भएको छ । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले इजरायलयका लागि नेपाली राजदूत डा. अञ्जान शाक्यलाई सम्झौता गर्ने अख्तियार प्रदान गरेको हो ।



अघिल्लो मन्त्रिपरिषद् बैठकले श्रम सम्बम्धी सम्झौता गर्न राजदूत शाक्यलाई अख्तियारी प्रदान गरेको थियो । नियमित रुपमा सोमबार तथा बिहीबार बस्ने गरेको बैठक आइतबार नै राखिए पनि कुनै विशेष जरुरी प्रस्तावबारे छलफल नभएको एक मन्त्रीले बताए ।

‘बैठक आकस्मिकरुपमा आज राखिए पनि कुनै त्यस्तो विशेष प्रस्ताव थिएन, बैठक नियमित विषयहरुमै केन्द्रित रह्यो,’ ती मन्त्रीले भने ।

सम्बन्धित समाचार