भान्छेमा कोरोना पुष्टि भएपछि सेनापति थापा ‘क्वारेन्टाइन’ मा

नेपाली सेनाका प्रधानसेनापतिको निवासमा कार्यरत एक भान्छेमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

प्रधानसेनापति पूर्णचन्द्र थापाको निवासको भान्छामा कार्यरत एक कर्मचारीमा शनिबार कोरोना पुष्टि भएको हो । कर्मचारीमा कोरोना पुष्टि भएपछि प्रधानसेनापति थापा आइतबारदेखि ‘सेल्फ क्वारेन्टाइन’ मा बसेका छन् ।



थापा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशिका र मापदण्ड अनुसार नै स्वास्थ्य सजगता अपनाएर ‘सेल्फ क्वारेन्टाइन’ मा बसेको जंगी अड्डाले विज्ञप्तिमार्फत् जानकारी गराएको छ ।

सम्बन्धित समाचार