डा. केसीका जीवन रक्षा गर्न नागरिकहरुको सरकारसँग अपील

१९ औं अनसन जारी राखेका वरिष्ठ चिकित्सक डा गोविन्द केसीको जीवनरक्षा गर्न विभिन्न ३३ नागरिकले सरकारसँग अपील गरेका छन् । चिकित्सा शिक्षा सुधारको माग राख्दै डा. केसीले १९ औं अनसन थालेको आज १४ दिन हुँदा समेत सरकारले कुनै वास्ता गरेको छैन ।

पटकपटकको अनसनका कारण डा. केसीको रोगप्रतिरोधात्मक क्षमता कमजोर बन्नुका साथै स्वास्थ्य अवस्था पनि कमजोर बन्दै गएको छ । कोरोना महामारीका बीच संक्रमणबाट बचाउन समेत विभिन्न नागरिकले संयुक्त अपील गरेका हुन ।



पूर्वप्रधानन्यायाधिशहरू कल्याण श्रेष्ठ, सुशीला कार्की, पूर्व सभामुख दमननाथ ढुंगाना, कपिल श्रेष्ठलगायतले अपिल जारी गर्दै डाक्टर केसीको जीवन रक्षाको माग गरेका हुन् ।

सम्बन्धित समाचार