पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा कति थपिए कोराना संक्रमित ?

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ८०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ६३३, भक्तपुरमा ७२ र ललितपुरमा १०४ कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौंमा २३० महिला र ४०३ पुरुष, भक्तपुरमा २१ महिला र ५१ पुरुष, ललितपुरमा ४३ महिला र ६१ पुरुषमा कोरोना संक्रमण देखिएको छ । काठमाडौं उपत्यकामा पनि कोरोना संक्रमितको ग्राफ फेरि बढ्ना थालेको छ । शनिबार काठमाडौंमा ५८३, भक्तपुरमा ६३ र ललितपुरमा ७८ गरी ७२४ कोरोना संक्रमित थपिएका थिए ।



नेपालमा आज ९आइतबार० एकै दिन थप एक हजार ५७३ जनामा कोरोना भाइरस संक्रमण फेला परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर एक हजार ५७३ संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १० हजार १२३ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ९ लाख ८८ हजार ३२७ जनाको पीसीआर परीक्षण गरिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७३ हजार ३९४ पुगेको छ । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १९ हजार १९ रहेको छ ।

पछिल्लो २४ घण्टामा ८८५ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यस्तै हालसम्म ५३ हजार ८९८ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७३ दशमलव ४ प्रतिशत रहेको छ । देशभरका संस्थागत आइसोलेसन ८ हजार ३२१ जना र होम आइसोलेसनमा १० हजार ६९८ जना रहेका छन् । आजसम्म देशभर ६ हजार २८१ जना क्वारेन्टिनमा रहेका छन् ।

 

सम्बन्धित समाचार