नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ असोज ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट काठमाडौं उपत्यकामा पाँचसहित थप १० जनाको ज्यान गएको छ ।
मृत्यु भएकामध्ये पाँच जना काठमाडौं उपत्यकाका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४७७ पुगेको छ ।
आज मृत्यु हुनेमा बाराका २० वर्षीय, ललितपुरका ४४ र ७२ वर्षीय, रुपन्देहीका ७२ वर्षीय, बर्दियाका ६३ र ५० वर्षीय, अछामका ३४ वर्षीय र काठमाडौंका ६१, ६२ वर्षीय पुरुष र ५० वर्षीया महिला रहेका छन् ।
