नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ असाेज ।
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टी सभापति शेरबहादुर देउवालाई भेटेका छन्। सभापतिसँग भेटेका सिटौलाले महाधिवेशनको सुनिश्चिताका विषयमा छलफल भएको बताए । केन्द्रीय समितिले बनाएको कार्यतालिका कार्यान्वयन हुन नसक्ने बैठकमै आफुले राखेको उनले बताए।
वर्षात्को समयमा क्रियाशील सदस्यता वितरण र नवीकरण हुन नसक्ने केन्द्रीय समितिमै राखेको उनले बताए। उनले भने, ‘महाधिवेशन कार्यतालिका नै समयासापेक्ष थिएन। समयलाई नबुझेर बनाउनलाई बनाइदिएजस्तो भयो।’ महाधिवेशनको कार्यविधि र कार्यतालिकाको विषयमा सभापतिसँग आफ्ना धारणा राखेको उनले बताए। ‘फागुनमा महाधिवेशन हुन नसक्ने परिस्थिति बनिसकेको छ। देउवा-पौडेल दुवै जना महाधिवेशन फागुनमा हुनसक्छ भन्नुहुन्छ।’ कार्यतालिका बनाउँदा ध्यान नपुगेको सभापतिलाई पुनः स्मरण गराएको उनले बताए।
समायोजन, क्रियाशील सदस्यता वितरण, नवीकरणलगायतका कार्यतालिकाअनुसार नभएकोप्रति सभापतिको ध्यानाकर्षण गराएको सिटौलाले बताए।