नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ असोज ।
‘कौन बनेगा करोड़पति’ (केबीसी) को १२ औ सिजन आजबाट सुरु हुँदैछ । यसपटक कोरोना भाइरस संक्रमण महामारीका कारण शोमा दर्शक हुनेछैन । तर यसका ७७ वर्षीय होस्ट अमिताभ बच्चन ढुक्कसँग प्रतियोगीसँग शुटिंग गरिरहेका छन् । शोप्रति अमिताभको डेडिकेशनको कारण हो २० वर्षअघि शोबाट पाएको योगदान हो ।
एक अन्तर्वार्तामा अमिताभले केबीसीबारे भनेका छन्, ‘यो शो यस्तो बेला मसँग आयो, जब मलाई यसको सबैभन्दा बढी आवश्यकता थियो । प्रोफेशनल्ली र फाइनान्सियल क्याटालिस्टको जसरी काम गर्यो । यो शोले मलाई अफ्ठ्यारो समयमा ऋण भुक्तानमा धेरै ठूलो योगदान दियो ।’ पहिलो सीजनमा ८५ एपिसोडबाट अमिताभले करीब १५ करोड़ रुपैयाँ कमाएका थिए ।
केबीसीमा काम गर्दा अमिताभलाई परिवारबाट पनि सहयोग थिएन् । सानो पर्दामा काम नगरुन भन्ने परिवार चाहन्थ्यो । तर अमिताभले सुरु गरे । पहिलो सीजनमा अपार सफलतापछि अमिताभले दोस्रो सीजनका लागि साइन गरे । तर अचानक विरामी पर्दा ८५ मा ६१ एपिसोड शुट भएको शो बन्द भयो ।
अमिताभले तेस्रो सिजन होस्ट गर्न अस्वीकार गरे । यो सिजन शाहरुख खानले चलाउने अवसर पाए । जसको सुरुवात राम्रो थियो । तर होस्ट बदलिँदा फ्लप भयो । स्टार प्लस च्यानलमा प्रसारण भएको अन्तिम सिजन थियो ।
चौथो सीजनदेखि ‘केबीसी’ स्टार प्लसबाट सोनी टिभीमा शिफ्ट भयो । फेरि अमिताभ नै होस्टका रुपमा कमव्याक गरे । आजपर्यन्त निरन्तर चलिरहेको छ । केबीसीको कारण भारतमा धेरैले राम्रो सहयोग पाएका छन् ।