नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ असोज ।
मिस शेरलकको नामले प्रसिद्ध जापानी नायिका युको ताकेउची जापान स्थित आफनो घरमा अमृत अवस्थामा भेटिएकी छिन् । ४० वर्षीय युकोले आत्महत्या गरेको हुनसक्ने आशंका रहेको र अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ ।
शिबुया वार्ड स्थित घरमा उनका श्रीमान ताइकी नाकाबायासीले उनलाई मृत अवस्थामा भेटाएको बताइएको छ । अस्पतालले उनको मृत्यु भएको पुष्टि गरेको छ ।
उनी जापानमा निकै लोकप्रिय अभिनेत्री हुन् र उनले थुप्रै चलचित्र तथा टिभी सिरिजमा काम गरेकी छिन् । ट्यालेन्ट एजेन्सी स्टारडस्ट प्रमोसनले, उनले अचानक मृत्युले दुःखी भएको बताएको छ । उनले अभिनय विधामा थुप्रै सम्मान तथा अवार्ड पाएकी छिन् । नायिका ताकेउचीकले जापानको फिल्म एकेडेमीबाट उत्कृष्ट महिला अभिनेत्री शिर्षकमा लगातार तीन पटक सम्म चलचित्र पुरस्कार प्राप्त गरेकी छिन् ।
उनले एचबीओ च्यानलबाट विश्वभर प्रसारित हुने टिभी सिरिज मिस शेरलकमा अभिनय गरेकी छिन् । उक्त सिरिजमा उनले जापानको हुलु क्षेत्रका घरबारबिहिनहरुको कथा प्रस्तुत गरेकी छिन् । यसै महिना जापानको अर्की नायिका ‘सेई असिना’ ले आत्महत्या गरेकी थिइन् । त्यस्तै नायक हरुमा मियुराले जुलाई महिनामा र कुस्ती खेलाडी हाना किमुराले मे महिनामा आत्महत्या गरेका थिए ।
विश्व स्वास्थ्य संस्थाको अनुसार, विश्वमा सबै भन्दा अधिक आत्महत्या हुने देशमध्य जापान पनि पर्दछ र सन् २०१५ मा सरकारले नयाँ योजना लागु गरेपछि यसको संख्यामा केहि कमि आएको छ ।