नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ असोज ।
सुशान्त हत्या केशमा सोधपुछ गर्ने दौरानमा उनको प्रेमिका भनिएकी रियलाई सोधपुछ गर्ने दौरानमा बलिउड ड्रग्केसमा तानिएको थियो । बलिउडसँग ड्रग्सको सम्बन्धबारे जाँचमा नारकोटिक्स कन्ट्रोल बोर्डको दायरा लगातार बढिरहेको छ । अहिलेसम्म दीपिका पादुकोण, सारा अली खान, श्रद्धा कपूर, रकुल प्रित सिंह, रिया चक्रवर्ती विरुद्ध एनसीबीले जाँच अगाडि बढाएको छ । यी सबैलाई एनसीबीले उक चरणको सोधपुछ गरिसकेको छ । हिरोइनहरुपछि अब एनसीबीले बलिउडका नामी ए लिस्टर अभिनेताहरुलाई निशाना बनाउने तयारीमा छन् ।
एनसीबी सूत्रका अनुसार बलिउड अभिनेत्रीपछि एनसीबीको रडारमा बलिउडका ए लिस्टर नामी र ठूला अभिनेताहरु छन् । ड्रग्स केसमा बलिउडका महिला कलाकार घेरिएपछि अब पुरुष कलाकारहरुको नम्बर छिटै आउन सक्छ । एनसीबीले यस विषयमा इनपुट र प्रमाण हमत पार्नासाथ ती सबै अभिनेताहरुमाथि एक्सन लिइनेछ ।
एनसीबीले अहिले इनपुट जुटाउने काम गरिरहेको छ । यस क्रममा एनसीबीले दीपिका पादुकोणको मोवाइलबाट डिलिट गरिएको डाटा ‘रिट्रिभ’ गर्नेछ । दीपिकाको फोनबाट एनसीबीले कैयौंको नाम सार्जजनिक हुने अपेक्षा गरेको छ । एनसीबीले सोधपछपछि दीपिका, सारा, श्रद्धाको फोन जफत गरेको थियो ।
ड्रग्स केसमा एनसीबीले ड्रग डिलरहरुको माध्यमबाट बलिउडका ठूला नामहरुमाथि कारवाही अगाडि बढाउने प्रयास गरिरहेको छ । सबै प्रमाण जम्मा गरेपछि मात्रै ठूला अभिनेताहरुमाथि कारवाह गर्ने एनसीबीको रणनीति छ । प्रमाण जुटाइसकेर मात्रै उनहिरुलाई सोधपुछको लागि बोलाउने रणनीतिमा एनसीबी छ । अब बलिउडका कुन–कुन ठूला कलाकार यो केसमा मुछिने हुन् भन्ने हेर्न भने बाँकी नै छ ।