नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ असोज ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय १३ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७६ हजार २५८ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार इलामका १, उदयपुरका २, ओखलढुङगाका १, झापाका ९, तेह्रथुमका २, भोजपुरका १ र मोरङका १०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै सुनसरीका ३२, धनुषाका १०, पर्साका २३, बाराका ४, महोत्तरीका २, सप्तरीका ५, सर्लाहीका ६, सिरहाका ८ जना रहेका छन् भने काठमाडौँका ७४७, काभ्रेका १३, चितवनका ६२, धादिङका ४, नुवाकोटका ४, भक्तपुरका ७३, मकवानपुरका ६, रामेछापका १, ललितपुरका ११४, सिन्धुपाल्चोकका १, सिन्धुलीका ३, कास्कीका १६, गोरखाका २ जनामा कोरोना पुष्टि भएको छ ।
यसैगरी नवलपरासीपूर्वका १५, स्याङ्जाका २, कपिलवस्तुका १८, गुल्मीका २, दाङका ११, नवलपरासीका ५, पाल्पाका ६, बर्दियाका १९, बाँकेका ४१, रुपन्देहीका ९५, रोल्पाका १, रुकुमपश्चिमका १, कञ्चनपुरका ८, कैलालीका २७, डढेलधुराका १, डोटीका १, तथा बैतडीका ७ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार मंगलबार ७३१ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ५५ हजार ३ सय ७१ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा १० हजार ८ सय ९१ जनाको पीसीआर परीक्षण भएको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या २० हजार ३९६ रहेको छ । हाल ५ हजार ७ सय ७८ जना क्वारेन्टिनमा छन् । स्वास्थ्य मन्त्रालयका अनुसार देशभर २ सय १३ जनाको आईसीयुमा र ३४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।
मनाङ, मुस्ताङ, डोल्पा, मुगु र हुम्ला जिल्ला कोरोना भाइरस संक्रमणमुक्त रहेका छन् । यसैगरी मोरङ, सिरहा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन र रुपन्देहीमा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।
