अब ब्वाईफ्रेण्ड पनि भाडामा

संसारमा विभिन्न अनौठा घटनाहरु हुने गर्दछन् । मानिसहरुको मनस्थितिलाई विचार गरेर जापानमा एउटा नयाँ व्यवसाय शुरु भएको छ । जापानमा शुरु भएको यो व्यवसायले जो कोहिलाई पनि अचम्ममा पार्न सक्छ । जापानमा ब्वाईफ्रेन्ड भाडामा पाईने नयाँ व्यापार शुरु भएको हो । यो सर्भिसको नाम ‘रोजशिप’ राखिएको छ ।

यो व्यवसायलाई युवतीहरुले घण्टा वा दिनको हिसाबमा उपभोग गर्छन् । सर्भिसका लागि उभिएका युवाहरुबाट युवतीहरुले एकजना चुन्ने काम गर्दछन् । साथै युवतीहरुले युवकलाई बुकिङ गर्न समेत पाइन्छ । तर सेवा शुल्क भने बुकिङ समयानुसार निर्धारण हुने गर्दछ । यो सर्भिसमा गुडनाइट प्याकेज समेत छ ।



त्यतिमात्रै होइन,युवकले युवतीलाई खाना पकाएर समेत खुवाउँने गर्दछन् । यो सर्भिसको प्रयोग गर्ने महिलाहरुको उमेर ३० देखि ४० वर्षसम्म रहेको छ । साथै युवकहरुको उमेर भने २० देखि ३० रहेको छ ।

सम्बन्धित समाचार