बाटोमा एक्लै हिँड्ने महिलालाई समातेर किस खाईदिन्थे यी पुरुष !

संसारमा प्रत्येक दिन केही न केही अनौठा घटनाहरु भएकै हुन्छन् । यस्तै एउटा अनौठो घटना भारतको मुम्बईमा पनि भएको छ । मुम्बईमा एक युवक महिला वा युवतीहरुलाई किस गर्ने र फरार हुने गरेको खबर सार्वजनिक भएको हो । तर अहिले पुलिसले उक्त युवकलाई गिरफ्तार गरेको छ । मुम्बईको माटुंगा र आसपासका मानिसहरु उक्त युवक देखि हैरान थिए ।

ती व्यक्ति मुम्बईको दादर र माटुंगा रेल्वे स्टेशनकोबीचमा पर्ने एउटा पुलबाट हिँड्ने महिला तथा युवतीहरुलाई किस गर्ने गर्दथे । त्यहाँबाट हिँड्ने मानिसहरु त्यो युवकबाट हैरान भईसकेका थिए ।



मानिसहरु आफ्नो बद्नाम हुने डरले प्रहरीकोमा जाँदैन थिए । त्यसैले ती व्यक्ति पुलबाट हिँड्ने जो कोहि पनि महिला तथा युवतीहरुलाई किस गर्दथे । जब प्रहरीकहाँ यो हल्ला पुग्यो तब प्रहरीले सिसि क्यामेरामा त्यहाँको फोटो हेर्यो । नभन्दै त्यस पुलबाट एक्लै हिँड्ने महिलाहरुलाई ती व्यक्ति किस गर्दथे र भाग्थे ।

त्यसपछि प्रहरीले ती व्यक्तिलाई समात्ने प्लान बनायो र चोरी गर्दै गरेको अवस्थामा गिरफ्तार गर्यो । ती व्यक्तिको नाम हबिबुर खान रहेको छ । उनी ३२ वर्षका छन् ।

सम्बन्धित समाचार