काठमाडौं उपत्यकामा कति थपिए कोरोना संक्रमित ?

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा ६९७, भक्तपुरमा ९३ र ललितपुरमा ११२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो समय देशभर कोरोना संक्रमितको संख्या बढिरहेको छ । यसैबीच बितेको २४ घण्टामा नेपालमा थप १ हजार ५५९ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १२ हजार २०५ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप १ हजार ५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । काठमाडौंमा ६९७ , ललितपुरमा ९३ र भक्तपुरमा ११२ जनासहित देशभर १ हजार ५५९ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७७ हजार ८१७ पुगेको छ ।



यस्तै बितेको २४ घण्टामा थप १ हजार ५७ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ५६ हजार ४२८ पुगेको छ । यो कुल संक्रमितको ७२.५ प्रतिशत हो ।

सम्बन्धित समाचार