
सरकारले एसिड (तेजाब) आक्रमण गर्नेहरूलाई कडा सजाय हुने गरी अध्यादेश जारी गरेको छ । एसिड आक्रमण गर्ने व्यक्तिलाई २० वर्ष जेल र १० लाख जरिवाना हुने कानुन बनेको छ भने अध्यादेशअनुसार एसिड आक्रमणबाट पीडितको तत्काल मृत्यु नभई सोही कामको परिणाम स्वरूप पछि मृत्यु भएमा ज्यान मारेको मुद्दा लाग्ने बताइएको छ ।
यही सन्दर्भमा गत वर्ष तेजाब आक्रमणमा परेकी मुस्कान खातुनले प्रधानमन्त्रीलाई कानुन संशोधन गरी नयाँ अध्यादेश जारी गरेकोमा धन्यवाद पत्र खेलेकी छिन् ।
उनले आफूले जस्तो पीडा भविष्यमा कसैले भोग्नु नपरोस् र भविष्यमा कसैले एसिड प्रहार गर्ने साहस समेत नगरोस् भन्नका निम्ति कडा कानुन निर्माण गर्न चाहेको उल्लेख गर्दै हाल आएर कानुन बनेकोमा प्रधानमन्त्री ओलीलाई धन्यवाद दिएकी छिन् ।

