अमिताभ बच्चनले गरे अंगदान गर्ने घोषणा

महानायक अमिताभ बच्चन अहिले कौन बनेगा करोडपति १२ लाई लिएर चर्चामा छन् । यो शो फेरि टिभीमा शुरू भएको छ । यो शो सुरू भएपछि दर्शकहरू निकै उत्साहित भएका छन् । एक्टिंगको अलावा बिग बी सोशल मिडियामा निकै एक्टिभ रहन्छन् । यो भन्नु गलत हुँदैन कि महानायकको हरेक दिनको सुरूआत नै सोशल मिडियामा पोस्ट गरेपछि हुन्छ । उनले आफ्ना शुभचिन्तकको लागि आफ्ना पिताको कविताको पंक्तिहरू पनि शेयर गर्दछन् । यसैबीच अमिताभले एउटा ठूलो फैसला लिएका छन् । यो खबर सुनेर उनका शुभचिन्तकहरू उनीमाथि गर्व गर्दछन् । बिग बीले आफ्ना अङ्गदान गर्ने फैसला गरेका छन् ।

अमिताभ बच्चनले आफ्नो ट्विटर एकाउण्टमा ट्वीट गर्दै घोषणा गरेका छन् कि उनले आफ्ना अङ्गदान गर्नेछन् । बिग बीले ट्विटरमा आफ्नो एक तस्विर पनि पोस्ट गरेका छन् जसमा उनको कोटमा ग्रीन कलरको रिबन लगाइएको छ । यस तस्विरलाई शेयर गर्दै उनले लेखेका छन्, ‘मैले अङ्गदान गर्ने दाता बन्ने शपथ लिएको छु । मैले यो ग्रीन रिबन यसको पवित्रताको लागि लगाएको हुँ । ‘



अमिताभ बच्चनको यो फैसलाबाट उनका शुभचिन्तकहरू निकै खुशी भएका छन् । शुभचिन्तकहरूले पनि ट्वीट गरेर आफू आर्गन डोनर बनेको आफ्नो सर्टिफिकेट शेयर गरेका छन् । साथै अमिताभका शुभचिन्तक उनको यो फैसलापछि आफूहरू पनि अर्गन डोनर बन्ने कुरा गरिरहेका छन् ।

अमिताभ बच्चनको कामको कुरा गर्ने हो भने उनी यी दिन कौन बनेगा करोडपतिको १२ औं सिजनको होस्ट गरिरहेका छन् । चाँडै नै उनी अयान मुखर्जीको सुपरनैचरल थ्रिलर फिल्म ब्रम्हास्त्रमा देखा पर्नेछन् । यस फिल्ममा उनको अलावा एक्टर रणबीर कपूर, आलिया भट्ट र मौनी राय लिड रोलमा देखा पर्नेछन् । यसको साथै उनी नागराज मंजुलेको फिल्म झुण्डमा पनि काम गरिरहेका छन् । यस फिल्मको उनको फस्र्ट लुक केही समय पहिले सार्वजनिक भएको थियो ।

 

सम्बन्धित समाचार