डा केसीलाई भेट्न अस्पताल पुगे बाबुराम, कस्तो छ केसीको स्वास्थ्य अवस्था ?

जनता समाजवादी पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले अनसनरत डा गोविन्द केसीलाई भेटेका छन् । त्रिवि शिक्षण अस्पतालमा पुगेर उनले डा केसीको अनसनप्रति समर्थन जनाएका हुन् । उनले डा केसीसँग सरकारी पक्षले सम्वादको पहल गरे नगरेको बुझेका थिए ।

‘लज्जित भएर सोलिडारिटी जनाउन आएको छु’ डा भट्टराईले भने । डा केसी अनसनमा बसेको १७ दिन भएको छ । तर सरकारले सम्वाद गरेको छैन ।



डा केसीमा मुटुको धड्कन बढ्न थालेको, छाती दुख्ने, जिउ गल्ने, शरीरका मांशपेशी दुख्ने र बाराम्बार चक्कर लाग्नेलगायतका समस्या देखिन थालेको अस्पतालले जानकारी दिएको छ। उनको रगतमा चिनीको मात्रा कम देखिएको र पोटासियमलगायतका तत्व पनि निकै नै कम देखिएकाले डा केसीको स्वास्थ्य अवस्था निगरानी गरिरहेका अस्पतालका डा सुवासप्रसाद आचार्यले जानकारी दिएका छन्।

सम्बन्धित समाचार