मौसम पूर्वानुमानः आज यी स्थानमा हुनेछ छिटफुट वर्षा

मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गर्दै हाल वंगालको खाडीमा न्यून चापीय क्षेत्र रहेको बताएको छ। तयसकै प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली भइरहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ मा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रही प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ का थोरै स्थानहरूमा हल्का वर्षा र बाँकी प्रदेशका एक दुइ स्थानहरूमा हल्का बर्षाको सम्भावना रहेको छ ।



यस्तै, आज राति देशभर आंशिक देखि सामान्य बदली रही पहाडी क्षेत्रका एक-दुई स्थानहरूमा हल्का बर्षाको सम्भावना रहेको छ । आगामी आइतबारबाट भने मनसुनको अन्त्य हुने महाशाखाको पूर्वनुमान रहेको छ ।

सम्बन्धित समाचार