बलात्कारको आरोपमा वडासचिव पक्राउ

प्रहरीले बलात्कारको आरोपमा महोत्तरीमा एक वडासचिवलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार महोत्तरीको भंगहा नगरपालिका– ९ स्थित मुसहरी टोलको एक दलित महिलालाई जबरजस्ती करणी गरेको आरोपमा वडासचिवलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी टिकाबहादुर केसीका अनुसार भंगहा– ९ का वडासचिव मिथिलेश यादवलाई बुधबार राति ९ बजे पक्राउ गरिएको हो ।



यादवले बजारबाट घर जाँदै गइरहेकी महिलालाई जबरजस्ती करणी गरेको पीडित महिलाले बताएपनि मेडिकल पुष्टि हुन बाँकी रहेको एसपी केसीले बताए । स्थानीयका अनुसार वडासचिव यादव राति अत्यधिक मदिरा पिएका थिए ।

सम्बन्धित समाचार