नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ असोज ।

भारतको मध्यप्रदेशको शिवपुरी जिल्लामा लापरवाहीका कारण दुर्घटना भएको छ । त्यहाँ रहेको अस्पतालको आईसीयू वार्डमा बुधवार अचानक हाईफ्लो अक्सीजन मेसिन पड्किँदा एक जना उपचाररत बिरामीको मृत्यु भएको हो ।
सिलिण्डर पड्किँदा आगो लागेको र अक्सीजन सप्लाई नभएकोले बिरामीको अक्सीजनको कमीका कारण मृत्यु भएको बताइएको हो ।
मृत्यु हुनेमा ६५ वर्षीय मोहम्मद इस्लामको मृत्यु भएको हो । कोरोना संक्रमणका कारण उनी अस्पतालमा भर्ना भएका थिए ।
