आज कति थपिए कोरोना संक्रमित ?

बिहिबार देशभर एक हजार ९११ जना कोरोनाका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत कोरोनाका एक हजार ९११ संक्रमित थपिएको जानकारी दिए । योसँगै नेपालभर कोरोनाबाट संक्रमित हुनेको संख्या ७९ हजार ७२८ पुगेको छ ।

हालसम्म ५७ हजार ३८९ जना डिस्चार्ज भएका छन् भने गत २४ घण्टामा ९ सय ६१ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या २१ हजार ८३० रहेको छ । यस्तै आज काठमाडौं उपत्यकामा ९४३ जना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार आज काठमाडौंमा ८१७, ललितपुरमा ६८ र भक्तपुरमा ५८ जना नयाँ संक्रमित थपिएका छन् ।



स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा ११ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५०९ पुगेको छ । गत २४ घण्टामा १२ हजार ४४४ जनाको पीसीआर विधिबाट कोरोनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । यस्तै ५ हजार ७७ जना क्वारेन्टिनमा रहेका छन् ।

सम्बन्धित समाचार