अव्यवस्थित फोहोर व्यवस्थापनले पीडित ओखरपौवावासी (भिडियाे सहित)

नुवाकोट ककनी–२ सिसिडोलमा ओखरपौवा स्यानिटरी ल्याण्डफिल डम्पिङ्ग साइटको निर्माण गरी विगत १५ बर्षदेखि काठमाडाैं  महानगरपालिका र ललितपुर महानगरपालिकाले फोहोर फाल्दै आएको छ । दुई बर्षको लागि निर्माण गरेको डम्पिङ्ग साइट १५ बर्ष पुग्दा पनि त्यसको स्तर उन्नती हुन सकेको छैन ।

फोहोरको डगुंरबाट निस्केको लिचेड बगेर सिधै खोलामा फालिएको छ । जसका कारण खोलाको पानी अन्नबाली तथा तरकारी बारीमा लगाउँदा अन्नबाली तथा तरकारी नै नष्ट हुने गरेको र त्यही खोलाको पानी पशु चौपायहरूलाई खुवाउँदा पशु चौपायाहरू नै मर्ने गरेको यहाँका स्थानियले गुनासो गरेका छन् । यस बारेमा पटकपटक सम्बन्धित निकायको ध्यानकर्षण गर्दासमेत सुनुवाई नभएपछि यहाँका स्थानियवासीहरू पीडा भोग्न बाध्य छन् ।



यसैबीच अव्यवस्थित तवरले थुपारिएको फोहोरको र्दुगन्धबाट कष्टकर जनजिवन बिताउन बाध्य स्थानीयवासीहरूको गुनासो सुन्न स्थलगत निरिक्षणको लागि नेपाली कांग्रेसका नुवाकोटका पार्टी सभापती जगदिश्वर नरसिंह केसीसहितको एक टोली डम्पिङ्ग साइट पुगेको छ ।

डम्पिङ्ग साइट पुगेर स्थानीयवासीसँग भेटघाट गरेका सभापति केसीले यहाँका स्थानीयवासीहरूले भोगेका समस्याहरूका बारेमा आफूले पटकपटक सम्बन्धित निकायसँग कुराकानी गर्दै आइरहेको बताए । स्थानियवासीसँग गरेको सम्झौता पूर्ण रूपमा कार्यान्वयन गर्न काठमाण्डौ महानगरपालिका र सम्बन्धित निकायमा आफूले पटकपटक ध्यानकर्षण गराउँदा पनि सम्झौताको सफल कार्यन्वयन हुन अझै नसकेको उनको भनाई थियो । साथै उनले आफूहरूले यहाँका जनताकै आवाजलाई उठाइरहे पनि कतिपयले भने फोहोरमैलामा पनि राजनीति गरिरहेको बताए । यहाँका स्थानीयवासीका समस्याहरूलाई सम्बोधन गर्न कुनै राजनीति दल र व्यक्तिगत स्वार्थलाई एकातिर पन्छ्याएर सबै मिलेर काम गर्नुपर्ने कुरामा उनले जोड दिए ।

https://www.facebook.com/1623777274535287/videos/246824366770413/

सम्बन्धित समाचार