आज थपिएका कोरोना संक्रमित कुन जिल्लामा कति ? 

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय ११ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७९ हजार ७ सय २८ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार उदयपुरका ३, ओखलढुंगाका ३, खोटाङका २, झापाका ४, ताप्लेजुङका १, भोजपुरका १, मोरङका १०५, सुनसरीका ६६, धनुषाका १९, पर्साका २८, बाराका १४, महोत्तरीका १६, रौतहटका ४, सप्तरीका १६, सर्लाहीका ५, सिरहाका ३९, काठमाडौँका ८१७, काभ्रे १७, चितवनका ८६, दोलखाका ३, धादिङका १७, नुवाकोटका १०, भक्तपुका ५८, मकवानपुरका १७, रामेछापका ६, ललितपुरका ६८ र सिन्धुपाल्चोकका ३ जनामा कोरोना पुष्टि भएको छ ।



यस्तै सिन्धुलीका ४, कास्कीका २८, गोरखाका ५, तनहुँका ८, नवलपरासीपूर्वका १४, पर्वतका २, लमजुङका २, बाग्लुङका १४, स्याङ्जाका १, कपिलवस्तुका ३, गुल्मीका ३, दाङका ९, नवलपरासीका १०, पाल्पाका ३, बर्दियाका ४, बाँकेका ३०, रुकुमपूर्वका ५, रुपन्देहीका ९१, कालिकोटका ७, जुम्लाका ३७, दैलेखका २, मुगुका २, रुकुम पश्चिमका ३, सल्यानका ३, अछामका १, कञ्चनपुरका २४, कैलालीका १६१, डडेल्धुराका १, बझाङका २ र बैतडीका ४ जनामा संक्रमण पुष्टि भएको हो ।

हाल आईसीयुमा २२० जना र भेन्टिलेटरमा २५ जना कोरोना संक्रमितक उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, सिरहा, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन र रुपन्देहीमा सक्रिय संक्रमितको संख्या पाँच सयभन्दा बढी छ भने मनाङ, मुस्ताङ डोल्पा र मुगुमा संक्रमितको संख्या शून्य रहेको छ ।

सम्बन्धित समाचार