श्रीमानले धेरै मायाँ गर्न थालेपछि श्रीमतीले मागिन् डिभोर्स

मायाँ र युद्धमा हरेक कुरा जायज हुन्छ भन्ने त हामीले सुनेका छौ । यो बीचमा अहिले माया प्रेम सम्बन्धि एउटा घटना बाहिर आएको छ । भएको के भने, एक महिलाले विवाहको एक वर्षपछि श्रीमानसँग सम्बन्धविच्छेद गर्ने सोच बनाएकी छिन् ।

सम्बन्धविच्छेद किन गर्न चाहिन् ? यसको कारण भने निकै रोचक छ । उनका अनुसार उनलाई श्रीमानले अत्यधिक मायाँ गर्ने, कहिले झगडा नगर्ने भएकाले सम्बन्धविच्छेद गर्न चाहेकी हुन् ।



नेपालमा अर्को एउटा भनाई के पनि चर्चामा ‘चिनी पनि धेरै खाए तितो हुन्छ’ भन्ने भनाई रहेको छ । मायाँ धेरै खाँदा तितो भएपछि एक महिला फुजैरास्थित सारिया कोर्टमा श्रीमानसँग सम्बन्धविच्छेद गर्न पुगेकी छिन् । उनलाई श्रीमानको अत्यधिक मायाँ पचेन । श्रीमानले विवाह गरेको एक वर्षमा कहिले पनि झगडा नगरेको, घरको काममा पनि सहयोग गर्ने उनको बानी देखेर उनलाई रिस उठेको भनिएको छ ।

उनले भनेकी छिन्, ‘उनले मलाई कहिले पनि चर्को आवाजमा बोलेनन् । मलाई उनको अत्यधिक मायाँ र प्रेमले घाँटी अँठ्याएको जस्तो भयो । अझ उनले घरसमेत सफा गर्न सघाए ।’ उनले अगाडी भनिन्, ‘उनीसँग एक दिन त झगडा होला भनेर सोच्थेँ तर मेरा रोमान्टिक श्रीमानले सधैं मलाई माफ गरे र उपहारको वर्षा गराए । मलाई वास्तविक छलफल र तर्क वितर्क मन पर्छ ।’

प्रारम्भिक सुनुवाइको क्रममा अदालतमा उपस्थित श्रीमानले चकित न्यायाधिसको सामू आफूले कहिले पनि गलत नगरेको बताए । दयालु र उत्तम श्रीमान् हुने उद्देश्यसहित आफूले यस्तो गरेको उनले बताए ।

उनले श्रीमतीलाई सम्झाइदिन अदालतलाई आग्रह गरेका छन् । अदालतले यी दुई पक्षलाई मिलनका लागि एउटा मौका दिएको छ ।

सम्बन्धित समाचार