नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ असोज ।

ससुरा बुहारीको सम्बन्ध बाबु छोरीको जस्तै हो । तर यी दुईबीच पनि सोच्न नसकिने सम्बन्ध बाहिरिएको छ । पनौतीमा यस्तै सोच्नै नसकिने सम्बन्धका बारेमा खुलासा भएको हो । आफ्नै छोराको श्रीमती (बुहारी) संग ससुराको नराम्रो सम्बन्ध खुल्ने भएपछि सासुको ज्यान लिने कोशिस गरिएको छ । रमेश बस्नेतले आफ्नै कान्छी बुहारीसंग श्रीमतीको जस्तो सम्बन्ध राखेको उनको श्रीमती नेत्र कुमारीले देखिन् । त्यो कुरा बाहिर खुल्ने भएपछि नेत्र कुमारीको ज्यान लिने कोशिस भएको छ । अहिले नेत्र कुमारी अस्पतालमा उपचारार्थ छन् ।
ससुरा रमेश बस्नेतलाई आफ्नै कान्छी बुहारीसंग नेत्र कुमारीले देखेपछि घटनाले अर्कै मोड लियो । नयाँ बुहारी ल्याएको ४ दिनपछि नै नेत्र कुमारीले त्यो कुरा थाहा पाएकी थिइन् । नयाँ बुहारीसंग ससुरा नै गएपछि सासु नेत्र कुमारीले केही दिन नदेखे जस्तो गरिन् । तर उनीहरुले त्यो क्रम जारी राखे । ससुरा र बुहारीकाे सम्बन्ध बाहिरिने जोखिम भएपछि ससुरा र बुहारी मिलेर खानामा विष खुवाएर ज्यान लिने कोशिस गरेको महिलाका आफन्तले बताएका छन् ।
आफुले नदेखे जस्तो गरेपछि उनीहरुले नराम्रो काम गर्न छोड्लान भनेर सासुले वास्ता गरिनन् । तर अहिले आफ्नै ज्यान जोखिममा परेको छ । नेत्रकुमारीको दिदी बहिनीले त्यो कुरा सार्वजनिक गरिदिएका छन् । दिदी बहिनीले यो कुरा सार्वजनिक गरेका कारण आफुहरुको पनि ज्यान जोखिममा परेको भन्दै सुरक्षाको माग गरेका छन् । ससुरा र बुहारीको सम्बन्ध आफुले देखेपछि ज्यान लिन थाले भन्दै उनी माइत भागेर गएकी थिइन् । तीन महिना उनी बहिनीसंग बसेपछि श्रीमानले फकाएर लिएर घर लगे । तर फेरी पनि उनी जोखिममै थिइन् । नेत्र कुमारीको खाना र चियामा विष मिसाएर खान दिएको चिकित्सकले बताएका छन् ।
नेत्रकुमारीले बुहारी र ससुराका बारेमा छोरालाई पनि त्यो कुरा सुनाएकी थिइन् । तर छोरा बुवाको विरुद्ध जान सकेनन् । उनले आमालाई म अर्को विवाह गरौंला भनेर आमालाइ सम्झाएको नेत्रकुमारीको दिदी बहिनीले बताएका छन् ।
