नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ असोज ।

शुक्रबार देशभर २ हजार ७२२ जना कोरोनाका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत कोरोनाका २ हजार ७२२ संक्रमित थपिएको जानकारी दिए । योसँगै नेपालभर कोरोनाबाट संक्रमित हुनेको संख्या ८२ हजार ४५० पुगेको छ ।
हालसम्म ६० हजार ६९६ जना डिस्चार्ज भएका छन् भने गत २४ घण्टामा ३ हजार ३०७ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या २१ हजार २३४ रहेको छ ।
यस्तै आज काठमाडौं उपत्यकामा १६३८ जना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार आज काठमाडौंमा १ हजार २८०, ललितपुरमा १६२ र भक्तपुरमा १९६ जना नयाँ संक्रमित थपिएका छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा ११ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५२० पुगेको छ । गत २४ घण्टामा १४ हजार ७३९ जनाको पीसीआर विधिबाट कोरोनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। यस्तै ४ हजार ८८५ जना क्वारेन्टिनमा रहेका छन् ।
