नेपालमा एकै पटक ३ हजार ३ सय ७ जना कोरोना संक्रमण मुक्त

नेपालमा बितेको २४ घण्टामा थप ३ हजार ३ सय ७ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ६० हजार ६ सय ९६ रहेको छ ।

कुल संक्रमित मध्ये ७३.६ प्रतिशत संक्रमित कोरोना संक्रमण मुक्त भएका स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।



बितेको २४ घण्टामा नेपालमा थप २ हजार ७२२ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १४ हजार ७३९ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप २ हजार ७२२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सम्बन्धित समाचार