दीर्घरोग नभएकी २८ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु

धरानमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानस्थित कोभिड अस्पतालमा महोत्तरीकी २८ वर्षीया महिलाको मृत्यु भएको हो ।



गत असोज ८ गते कोरोना संक्रमण पुष्टि भएकी महिलामा कुनै दीर्घरोग नरहेको अस्पतालका सहप्रवक्ता डा आशिष श्रेष्ठले जानकारी दिए । असोज ८ देखि नै अस्पतालमा उपचाररत उनको शनिबार बिहान मृत्यु भएको हो ।

सम्बन्धित समाचार