नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ असोज ।

नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सरकार मस्त निन्द्रामा रहेको बताएका छन् । साथै उनले सरकारलाई जनताको स्वास्थ्यको कुनैपनि चिन्ता नरहेको आरोप लगाएका छन् ।
सांसद थापाले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत १९औं सत्याग्रहमा रहेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भिर बन्दै गएको बताउदै सरकारलाई जनताको स्वास्थ्यको चिन्ता नरहेको बताएका छन् ।
उनले सरकार मस्त निन्द्रामा रहेको बताउदै सरकारलाई केवल सांसद र मन्त्री कसलाई बनाउने भन्नेमा मात्र चिन्ता रहेको बताएका छन् । उनले २० दिनदेखि अनशनरत डा।केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गइरहेकोले जीवन रक्षा गर्न आग्रह गरेका छन् ।
उनले भनेका छन् ‘२० दिनदेखि अनशनरत डा. केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ। सरकार मस्त निद्रामा छ । सरकारलाई न जनताको स्वास्थ्यको चिन्ता छ न डा केसीको जीवनरक्षाको, चिन्ता छ केवल सांसद र मन्त्री कसलाई बनाउने । त्यसैले नागरिकतहबाट जहाँ छौं त्यहीँबाट भनौं – डा. केसीको जीवन रक्षा गर ! सहमतिको पालना गर !’
https://www.facebook.com/thapagk/posts/3483482658362288
