नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ असोज ।

नेपालमा घुमफिर तथा हिमाल चढ्न आएका बहराइनका राजकुमारले आज ६ हजार १ सय १९ मिटर अग्लो लोबुचे हिमालको शिखर चढेका छन् । आरोहणको व्यवस्थापन गरिरहेको सेभेन समिट ट्रेकले ट्विटरमा फोटो राख्दै हिमाल चढी सकेको जानकारी गराएको हो ।
भदौ ३१ गते १८ जना टोली बोकेर लोबुचे र मनास्लु हिमाल आरोहणका लागि राजकुमार नेपाल भित्रिएका थिए । उक्त टोलीमा ३ जना बेलायती र १५ जना बहराइनका नागरिक रहेका छन् ।
भदौको १४ गते नेपाल सरकारले उक्त टोलीलाई नेपालमा २ महिना सम्म यहीँ रहि हिमाल चढ्न अनुमति दिएको थियो । उनीहरूलाई हिमाल चढ्न शेर्पा गाइडहरूले सहयोग गरीरहेका छन् ।
The team of @BahrainEverest successful climbed Mt. Lobuche 6119m this morning 8:50AM.
This is the first ascent of 2020 in Nepal, due to COVID -19, no mountaineering activities has been made. 🇧🇭 🇳🇵 @NBH_MO @nepalmountains @kpsharmaoli @PradeepgyawaliK @MofaNepal @yogesbhattarai pic.twitter.com/JzVJHYIcG3— Seven Summit Treks 🇳🇵 (@sst8848) October 3, 2020
