नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ असोज ।

बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा जम्मा ११७७ कोरोना संक्रमित थपिएका छन् । जसअनुसार काठमाडौंमा १ हजार १, ललितपुरमा १०९ र भक्तपुरमा ६७ जना थपिएका हुन् ।
बितेको २४ घण्टामा नेपालमा थप २ हजार १२० जनामा कोरोना भाइरस ९कोभिड(१९० संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १२ हजार ९७८ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप २ हजार १२० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
प्रवक्ता गौतमका अनुसार नेपालका ७ जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित रहेका छन् ।
५ सय भन्दा बढी उपचाररत कोरोना संक्रमित भएका ७ जिल्ला
काठमाडौं
ललिपपुर
भक्तपुर
चितवन
मोरङ
रुपन्देही
सिरहा
यस्तै बितेको २४ घण्टामा थप २ हजार ४४ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ६२ हजार ७४० पुगेको छ । यो कुल संक्रमितको ७४.१ प्रतिशत हो ।
