प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बिष्णु रिमाललाई कोरोना संक्रमण

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार बिष्णु रिमाललाई कोरोना संक्रमण भएको छ । प्रमुख सल्लाहकार रिमाललाई शुक्रबारको परीक्षणबाट कोरोना संक्रमण पुष्टि भएको हो ।

रिमालले शनिबार अपराह्न आफ्नो ट्विटमार्फत आफूलाई कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् ।



उनले लेखेका छन्, हिजोको PCR परीक्षणबाट ममा पनि कोरोना पोजिटिभ देखियो । यसबीच मसँग सम्पर्कमा आउनु भएका सबै महानुभावले आफ्नो स्वास्थ्यको ख्याल गर्नुहुन आग्रह गर्दछु ।

सम्बन्धित समाचार