नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ असाेज ।

नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीसहित ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कांग्रेस पार्टी कार्यालय स्रोतका अनुसार उनीहरुमा संक्रमण पुष्टि भएको हो।
१५ असोजमा कांग्रेसका पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । १९ असोजमा बस्ने केन्द्रीय कार्यसमिति बैठकका लागि १५९ जनाको स्वाब संकलन संकलन भएकोमा रिपोर्ट आएका मध्ये ४ जनामा पोजेटिभ देखिएको हो।
कांग्रेसले असोज १९ मा केन्द्रीय समिति बैठक राखेको छ। उक्त बैठकमा सहभागी हुन नेताहरुको पीसीआर गरिएको थियो ।
