सुशान्त आत्महत्या प्रकरण : एम्सको फाइनल रिपोर्टप्रति रुष्ट बनिन् अभिनेत्री कंगना, लेखिन् यस्तो स्टाटस !

बलिउड अभिनेता सुशान्तसिंह राजपूतले गत जून १४ मा बान्द्रास्थित घरमै झुण्डिएर आत्महत्या गरेको भनिएको थियो । त्यसपछि उनको मृत्यु प्रकरणको बारेमा अनुसन्धान भएको थियो । अनुसन्धान अहिलेसम्म सीबीआईले हत्याको एंगल्सबाट गरेको थियो । शनिवार सुशान्तको रिपोर्ट परीक्षण गरिरहेको एम्स अस्पतालले उनको हत्या नभएको बताएपछि बलिउड अभिनेत्री कंगना रानावतले असतुष्टि व्यक्त गरेकी छन् ।

सुशान्तको मृत्युको करिब चार महिनापछि उनको मृत्युको कारण आत्महत्या नै भएको बताइएको छ । शनिवार बेलुकी एम्सका फोरेन्सिक विज्ञहरुको टोलीले अन्तिम रिपोर्ट सार्वजनिक गर्दै सुशान्तको हत्या नभई आत्महत्या भएको खुलाएको थियो । एम्सको रिपोर्ट सार्वजनिक भएसँगै सुशान्तको मृत्युको पहिलो दिनदेखि उनको न्यायको माग गरिरहेकी अभिनेत्री कंगना रानावतले असन्तुष्टि व्यक्त गरेकी हुन् ।



कंगनाले सामाजिक सञ्जाल ट्वीटरमा लेखेकी छन्, ‘एकजना युवा र असाधारण व्यक्ति एकदिन उठ्छ र आफूलाई मार्छ । सुशान्तले भनेका थिए कि उनीमाथि दुर्व्यवहार भईरहेको छ र उनको ज्यान जोखिममा छ । उनले भने कि फिल्म माफियाले उनलाई प्रतिबन्धित र तनाव दियो । उनीमाथि बलात्कारको झुटो आरोप लगाएर मानसिक रुपमा प्रभावित गरिएको थियो । ह्‍यासट्याग एम्स ।’

यस्तै कंगनाले अर्को ट्‌विटमा एम्सलाई प्रश्‍न गर्दै लेखेकी छन्, ‘पछिल्लो विवरणका साथै हामीलाई केही अरु प्रश्नहरुको उत्तर चाहिन्छ । सुशान्तले ठूला चलचित्र निर्माण कम्पनीहरुले उनलाई प्रतिबन्ध गरेको कुरा धेरैचोटि भनेका थिए । ती व्यक्तिहरु को को हुन् जसले उनीविरुद्ध षड्यन्त्र रचे । सञ्चारमाध्यले उनी बलात्कारी भएको गलत समाचार किन फैलाए ? महेश भट्ट किन आफ्नै मनोविश्लेषण गरिरहेका थिए ?’

सम्बन्धित समाचार