नवकान्तिपुर संवाददाता
काठमाडौं, १८ असोज ।

बालुवाटार कोरोनाको हटस्पट बनेपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आज बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ । नेकपा स्रोतका अनुसार हिजो प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकारहरू, स्वकीय सचिव तथा अन्य ७० भन्दा बढिलाई कोरोना पुष्टि भएपछि प्रधानमन्त्री होम क्वारेन्टिाइनमा बसेका छन् ।
बालुवाटारमा कोरोना फैली सकेको हुँदा जोखिम बढ्दो भएकाले सचिवालय बैठक सरेको हो । त्यस्तै मन्त्रिपरिषद् पुनर्गठन, विभिन्न नियुक्ति, पार्टी एकता लगायतका विषयमा निर्णय गर्न डाकिएको बैठक अब अनिश्चित कालका लागी नै रोक्न सक्ने स्रोतको दाबी छ ।
यसअघि शनिवार बस्ने भनिएको बैठक आइतबार सरेको थियो । तर अब स्वास्थ्य अवस्थाको ख्याल राख्दै प्रधानमन्त्री ओलीले मानिसहरूसँग भेटघाट बन्द गरेको कारण बैठक कुन दिन बस्ने टुङ्गो लागेको छैन ।
